NST 05:47:06am Wed, Sep, 20, 2017

मृतकका परिवारलाई सहयोग हस्तान्तरण

 मृगौंला रोगका कारण दुई महिना अघि मृत्यू भएका स्याङ्जा थुमपोखरा गाविस–२ का लोकनाथ गैह्रेको परिवारलाई स्याङ्जा सहयोग समाज युएईको पहलमा संकलन भएको ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

दुई महिना अघि नै मृगौला रोगबाट पीडित बनेका गैह्रेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले युएईमा सङ्कलन गरिएको रकम बिरामीलाई हस्तान्तरण गर्नुभन्दा पहिल्यै नै विरामीको मृत्यू भएकोले सो रकम अहिले आएर मृतकका परिवारलाई हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज युएईका महासचिब लक्ष्मण खनालले जानकारी दिए ।

मृगौला पीडित गैह्रेलाई उपचारमा सहयोग गर्न भनेर युएईमा आर्थिक सङकलन गरेका थियौं महासचिब खनालले भने, “रकम संकलनकै क्रममा उहाँको निधन भएकोले त्यहाँ जम्मा भएको रकम उहाँकी आमा चन्द्रकला गैह्रेलाई हस्तान्तरण गरेका हौं ।” सहयोग समाजका पदाधिकारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको युएईमा आर्थिक संकलन संयोजक बनेका स्थानिय खगेन्द्र गैह्रेले जानकारी दिए ।