NST 01:15:10pm Wed, Dec, 19, 2018

स्वदेशमा रोजगारी सृजना नै अन्तिम बिकल्प हो

राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सृजनाकाआधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्थाअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमगरिरहेका उद्यमीलाई श्रम तथा रोजगार मन्त्रालयलेपहिलो पटक सम्मान र पुरस्कृत गर्दैछ । देशमा रोजगारीको अवसर नभएपछि बैदेशिक रोजगारमा जान बाध्य युवाहरुलाई यसले कसरी आकर्षित गर्न सक्छ ? कस्ता उद्यमीहरु यसमा सहभागि हुन सक्छन् र यसको छनौट प्रक्रिया, पुरस्कार राशी लगायत यसको प्रभावकारिताबारे श्रम तथा रोजगार मन्त्रालयका सह सचिव तथा रोजगार समन्वय तथा श्रम  सम्बन्ध महाशाखा प्रमुख आभा श्रेष्ठ कर्णसँग सिद्धराज उपाध्यायले छोटो कुरा गर्नुभएको छ । प्रस्तुतछ सम्बादको सम्पादित अंशः

विदेशबाट फर्किएर उद्यमी बनेकालाई सरकारले पुरस्कृत गर्ने भनेको छ, यसबारेमा छोटकरीमा बताइदिनुहोस् न ।
स्वदेशमा रोजगारीको अभावका कारण बैदेशिक रोजगारीको लागि ४० लाखभन्दा बढी युवाहरु विदेश हानिएको तथ्याङ्क छ । स्वदेशमा केहीगर्न सकिदैन र हुँदैहुँदैन भन्दै बैदेशिक रोजगारीलाई नै सपना देख्ने प्रवृति पनि विकास भैरहेको देखिन्छ । केहीवर्ष विदेशमा रहँदा त्यस्ता युवाहरुले केही न केही सीप, ज्ञान, अनुभव र पूँजी आर्जन गरेका हुन्छन् । साथै कामलाई सम्मानगर्ने र कामगर्नुपर्छ भन्ने संस्कृतिको पनि विकास भएको हुन्छ । बैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुले स्वदेश फर्केपछि कृषि, पर्यटन, उद्योग, जलविद्युतलगायत विविध क्षेत्रमा महत्वपूर्ण पेशा, व्यवसायर उद्यम गरी राज्यलाई योगदान दिइरहेका छन् साथै स्वदेशमा नै बिदेशमा जत्तिकै दुःख र लगनशीलता साथ काम गर्ने हो भने स्वदेशमा नै जमेर बस्न सकिन्छ । बिदेश जानआवश्यक छैन भन्ने सन्देश प्रवाह समेत गरिरहेका छन् । यस्ता उद्यमीलाई राज्यको तर्फबाट खोजी गरी प्रोत्साहन गर्न यो सम्मान र पुरस्कारको व्यवस्था गरिएको हो ।

यस पुरस्कारको उद्देश्य के हो ?
यस पुरस्कारको उद्देश्य बैदेशिक रोजगारबाट आर्जित सीप, पूँजी, अनुभव र ज्ञानलाई स्वदेशमा उद्यमशीलता प्रबर्धनको क्षेत्रमा लगानी गरी योगदान दिने उद्यमीलाई प्रोत्साहित गर्ने, सफल उद्यमीको प्रोत्साहन र प्रचारप्रसार गरी स्वदेशमा स्थापित हुन सकिन्छ भन्ने विश्वास अभिवृद्धि भै खुसीपुर्वक फिर्ता तथा गैरकानूनी बसाईलाई रोक्ने कार्यमा टेवा पुर्याउने, स्वदेश फर्केका कामदारहरुलाई स्वरोजगारमूलक, आयमुलक तथा उत्पादनमूलकउद्योग, सेवा तथा व्यवसायमाआकर्षित गर्ने र उद्यमीहरुको प्रतिस्पर्धी क्षमता विकास गर्न सघाउने रहेको छ ।

छनौट विधि के हुन्छ ?
आमसञ्चार माध्यमबाट सूचना प्रकाशन/प्रशारण गरी त्यस्ता उद्यमीसँग प्रस्ताव आह्वान गरी निर्धारित सूचकहरुको आधारमा मुल्याङ्कन गरी एक जनालाई एक लाख रकमको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनासम्मलाई पचास हजारको उद्यमी पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार मुल्याङ्कनकाआधारहरु के–के हुन् ?
सम्बन्धित उद्यम वा व्यवसायले गरेको रोजगारी श्रृजना र पूँजी लगानीको अनुपात, स्थानीयश्रोत साधन र प्रविधिको प्रयोग, उर्जा खपतको अवस्था, आयात प्रतिस्थापन तथा निर्यातमा योगदान, प्रविधिको प्रयोग, राज्यलाई गरेको योगदान (कर अन्तशुल्क महसुलआदि) सामाजिक दायित्व वहन, बातावरणमैत्री प्रयोग तथा वातावरण नियन्त्रण, दर्गम क्षेत्रमा संचालित भए थप प्रोत्साहन तथा महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत बर्गलाई रोजगारी प्रदानको अवस्था समेतका सूचकहरुकोआधारमा मुल्याङ्कन गरिन्छ । यसकालागि मन्त्रालयको सहसचिवको संयोजकत्वमा सरोकारवाला समेतको प्रतिनिधित्व रहेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा मन्त्रालयको निर्णय गरी बिशेष कार्यक्रम नै आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

यो कार्यक्रम कहिले देखि शुरु हुन्छ ?
यहीआर्थिक वर्षमा नै हामीले बिदेशमा काम गरी फर्केका उद्यमीलाई सम्मान तथा पुरस्कार व्यवस्थापन गर्ने कार्यविधि तर्जुमा गरेका छौं । जुन स्वीकृत भइसकेको छ । त्यसकै आधारमा हामीले  मेरो संयोजकत्वमा नै एउटा सिफारिस समिति बनेको छ । अहिले हामीले सूचना निकालि सकेका छौं । ३०दिनको समय दिएर हामीले निवेदनआह्वान गरेका छौं । निवेदन प्राप्त भइसकेपछि हाम्रो समितिको बैठकले उनीहरुलाई कार्यविधिअनुसार नै छनौट गर्छ र यो आर्थिक बर्ष भित्र नै हामीले सम्मानगर्ने कार्यक्रम छ ।

लक्षित व्यक्तिहरु यो प्रकृयासम्म कसरी पुग्न सक्छन् ?
सबैभन्दा ठूलो भूमिका त मिडियाको रहन्छ । मिडियाले यसमा सकरात्मक भूमिका निर्वाह गरोस् र प्रोत्साहन दिने भूमिका पनि खेलोस् भन्ने  हाम्रो चाहना हो । पत्रपत्रिकामा दिएका छौं । हाम्रो वेवसाइडमा पनि फारम राखेका छौं । ‘माउथ टु माउथ पब्लिसिटी’को लागि पनि हामीले बैदेशिक रोजगारको क्षेत्रमा कामगर्ने हरेक सरोकारवालालाई हामीले अनुरोध गरेका छौं ।

राज्यको यो प्रयासले बिदेश गएकायुवाहरु स्वदेश फर्कन सहयोग पुर्याउला त ?
हामीलाई त सहयोग पुर्याउँछ भन्ने लाग्छ । स्वदेश फर्कन भन्दापनि स्वदेश फर्केकाहरुलाई स्वदेशमै बस्न धेरै महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ ।

 बैदेशिक रोजगारीको बाध्यात्मकारी अवस्थाको अन्त्यकालागि यो प्रयास सार्थक बन्न सक्छ ?
स्वदेश फर्काउनको लागि पहिलो कुरा त प्रोत्साहननै हो । उनीहरुलाई एउटा सानो सहयोग र राष्ट्रिय सम्मान गरेर प्रोत्साहन गर्ने हो । यसको साथसाथै पछि हुनसक्छ मन्त्रालयले यसको राशी बढाउँदै लैजान सक्छ र निवेदन हेरेर यसको दायरा पनि बढाउँदै जाने भन्ने हाम्रो सोच छ ।

यस कार्यक्रम सँगसँगै स्वदेशमै रोजगार र सीप बनाउनेतर्फ सोचेको भए दिगो हुन्थ्यो कि ?
स्वदेशमै उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई कमर्सियल इम्पोर्टेन्ट पर्सन (सिआइपी) छ र अन्य निकायहरुले पनि हेरेको छ । हाम्रो मन्त्रालयको लक्ष्य भनेको बैदेशिक रोजगारीबाट फर्केकालाई रहेको छ । यसले पनि स्वदेशमाउ द्यमगर्न प्रेरित गर्छ नै ।

थप केही भन्न चाहनुहुन्छ ?
बैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई चिर्दै अगाडि बढ्नुपर्छ । स्वदेशमा रोजगारी सृजना नै अन्तिम बिकल्प हो । त्यसकालागि सरकारले मात्रै गर्ने होइन, यसमा हरेक पक्षको त्यत्तिकै भूमिका हुन्छ । ट्रेड युनियन देखि हरेक सरोकारवालाको उत्तिकै भूमिका हुन्छ भन्ने मलाई लाग्छ ।

Related Links


Current Migration News

Nepal & Malaysia signed labour pact , 29 Oct, 2018

Nepali Minister of Labour, Employment and Social Security Gokarna Bista and Malaysian Human Resources Minister M. Kulasegaran signed the Memorandum of Understanding (MoU) on the Recruitment, Employment, and Repatriation of Workers amidst a special function in the Capital.

सोमबारबाट वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइन सिस्टममा, 05 Sep, 2018

श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुनेछ ।


LOCATION MAP