NST 11:55:31am Thu, Dec, 14, 2017

इराकबाट ११ जना नेपालीको उद्धार

दोहा (कतार) , श्रावण २ - इराकको द्वन्द्वग्रस्तमा फसेका झन्डै दुई महिनापछि ११ जना नेपालीलाई उद्धार गर्न सरकार सफल भएको छ । उनीहरुलाई इराकको स्थानीय समय ९ :५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको हो ।

नेपाल फर्कनु अघि अरबील विमानस्थलमा उद्धार गरिएका नेपालीहरु ।

'लामो प्रयास भएपछि ११ जना नेपालीलाई उद्धार गर्न सफल भएका छौं', इराक पुगेका पाकिस्तानस्थित नेपाली दुतावासका उपनियोग प्रमुख तिर्थ अर्यालले कान्तिपुरलाई भने,'उहाँहरु सकसुल घर फिर्ता हुनु भएको छ ।' उनीहरु शुक्रबार राति स्वदेश पुग्नेछन् ।

उद्धार हुनेमा कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत, निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने, नुनखर्क-१, ओखलढुंगाका २९  वर्षीय अजित तामाङ, चितवन शारदा नगरका २७ वर्षीय प्रकास विश्वकर्मा,  रुकुमका धनबहादुर विक, रामेछापस्थित सुकाजौर गाविसका ३२ वर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ वर्षीय इन्द्रकुमार लिम्बु, धनुकुटा " नेपाल फर्कनु अघि अरबील विमानस्थलमा उद्धार गरिएका नेपालीहरु"  मुडेवासका २४ वर्षीय सुवास नेम्बाङ दाङ र लमहीका अनिल चौधरी रहेका छन् । उनीहरु होटल र निर्माण कम्पनी काम गर्न पुगेका थिए ।

उद्धार भएर फर्कनु  बेला उनीहरु हर्षका आशु झारेका थिए । 'हामी घर र्फकन सफल हुँदैन न कि भन्ने थियो । बाँचेर फेरी आफ्नो परिवारसँग भेटिएला भन्ने आशा निकै झिनो थियो', कुर्दिस्थान विमानस्थलबाट प्रेस गिरीले भने,'हामी सबैको भाग्य बलियो रहेछ । जिन्दगीले अर्को जन्म पाएका छौं ।'

अर्यालका अनुसार उनीहरु स्वदेश फिर्न पाएको खुसीबारे व्यक्त गर्न सकिरहेका थिएनन् । ती मध्ये सात जना नेपाली टिक्रिटबाट आफ्नै जोखिममा भागेर कुर्दीस्थान र किक्रकमा परेका थिए । उनीहरु जुनको पहिलो साताबाट हिंसाग्रस्त क्षेत्र टिक्रिटमा फसेका थिए । बाँकी चार जना  बिष्णु बस्नेत, इन्द्रकुमार लिम्बु, सुवास नेम्बाङ दाङ र अनिल चौधरी विद्रोहीले अपहरण गरेको चार दिनपछि मुक्त भएका थिए । उनीहरु झन्डै एकमहिनादेखि किकृकको एउटा होटलमा राखिएको थियो ।                                                                                 

उपनियोग प्रमुख अर्याल उनीहरुलाई उद्धारको प्रक्रिया मिलाउन गत आइतबार इराकको स्वसासित क्षेत्र कुर्दीस्थान पुगेका थिए । अर्यालले किकृक पुगेर सात जना नेपालीलाई कुर्दीस्थान ल्याएका थिए । 'फिर्ती अनुमति मिलाएर उनीहरुलाई स्वदेश पठाइएको हो', अर्यालले भने,'यसको लागि कुर्दीस्थान सरकारले सहयोग गरेको हो ।'

अर्यालले ती नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ इराकले उल्लेखनीय भूमिका खेलेको बताए । एनआरएन इराकका अध्यक्ष लालकाजी गुरुङले समस्या परेका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग गर्न सकेको बताए । 'हामी निरन्तर उनीहरुको सम्र्पकमा रहेर काम गरिरह्यो । उनीहरुलाई खाना खुवाउने व्यवस्था गरौं', उनले भने,'सरकारको उपस्थीति नभएसम्मको लागि एउटा अभिभावकको काम गर्न सफल भयौं ।'

 

Source:-ekantipur.com ; 2014/07/19