+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

पुनः मेलेशिया जाने कामदारका लागी अत्यन्त जरुरी सूचनाः

पुनः मेलेशिया जाने कामदारका लागी अत्यन्त जरुरी सूचनाः

वैदेशिक रोजगारीको क्रममा छुट्टिमा घर फर्की आएका र पुन मलेशिया फर्किने क्रममा मलेशिया सरकारले Notice of Refusal of Entry  नामको पत्र थमाइदिई नेपाली कामदारलाई २८मे, २०१४ देखी मलेशिया एयरपोर्ट स्थित अध्यागमन विभाग बाटै फिर्ता पठाईदिने गरेको छ ।

यदि तपाई पनि छुट्टिमा घर आई पुन फर्किने क्रममा हुनुहुन्छ भने कृपया ध्यान दिनुहोला । पुरानो पासपोर्टमा भिषा भएको र नयाँ पासपोर्टमा श्रम स्वीकृति लिएर गएका कामदारलाई मलेशिया सरकारले निम्न कारणहरु दर्शाइ फर्काइ दिएको छ

1. Not having a valid Passport ;

     आधिकारीक राहदानी नभएको

2. Not having a valid visa under section 2 of the Passport Act, 1966;

     राहदानी ऐन, १९६६ को दफा २ अनुसार आधिकारीक प्रवेशाज्ञा नभएको

3 Being a prohibited immigrant under section 8(3) of the Immigration Act ;

    अध्यागमन ऐन १९५९÷६३ को दफा ८(३) अनुसार अनुसार अवैध आप्रवासी रहेको

ः— यो समस्यालाई लिएर परराष्ट्र मन्त्रालय र मलेशियन दुतावास छलफलको क्रममा रहेका छन, तर कुनै पक्षबाट आधिकारीक जानकारी भने आइसकेको छैन ।

Sample paper of the Notice of Refusal of Entry