NST 12:18:40pm Thu, Aug, 24, 2017

कतारमा स्वास्थ्य संम्बन्धि सचेतनामुलक अन्तरक्रिया संम्पन्न

दोहा, प्रवासी नेपाली समन्वय समिती कतारले नेपाली दुतावास कतारको बिषेश सहयोगमा जनस्वास्थ्य संबन्धि सचेतना मुलक अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको छ । कार्यक्रममा कतारमा बिगत ५ बर्षदेखी कार्यरत डाक्टरहरु डा.हरिलाल नकर्मी र डा. नरेन्द्र शाक्यले यहां श्रमरत नेपालीहरुमा बढीमात्रामा देखीएको स्वास्थ संम्बन्धि समस्या, आकस्मिक निधन, रोगको निराकरण तथा अपनाउनु पर्ने साबधानिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा डा. हरिलाल नकर्मीले कतारमा श्रमरत नेपालीको अन्यदेशका नागरिकको भन्दा मृत्यूदर बढी रहेको बताए । यसो हुनुमा नेपालीमा स्वास्थ संम्बन्धि चेतनाको कमी, नेपाल बाट आउंदा राम्रो स्वास्थ परिक्षण गरेर नआउनु, सन्तुलीत खानाको अभाबले रोग संग लड्ने क्षमताको कमी हुनु, ब्ल्ड प्रेशसर हाई तथा लो हुनु र नियमित परिक्षण हुन नसक्नु, कोठा बाहिरको तातो र कोठाभित्रको एसीको चिसो बिचको सन्तुलन मिलाउन नसक्नु लगायका कारणले यहां नेपालीको मृत्यूदर बढेको जानकारी दिए ।

डा. नरेन्द्र शाक्यले यहां मेसमा दिइने खाना स्वस्थकर नभएको बताउंदै होटलहरुमा पनि अत्याधिक चिल्लो पिरो र नुनको मात्रा बढी भएको खाना पाइने र त्यो स्वास्थ्यको लागी प्रतिकुल भएको बताए । गर्मिको समयमा शरिरबाट पसिना बढी बग्ने र त्यस अनुरुप शरिमा पानीको मात्रा पुरा गर्न नसक्दा मृगौला संम्बन्धि रोग पनि नेपालीलाई बढी हुने गरेको आफ्नो अनुभब रहेको डा. शाक्यको भनाई छ । उनका अनुसार एयर कण्डिसनको चिसोले हात खुटा, जोर्नि दुख्ने, नासा संम्बन्धि रोग लाग्ने र पिसाब संम्बन्धि रोग बढी लाग्ने गरेको पनि जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा कतारमा सुतैकै अबस्था बढीमात्रामा निधन हुने गरेको बिषयमा पनि चर्चा भएको थियो गर्मिले फुलेर तातेको रगतको नासा एसीको चिसोका कारण एकै पटक खुम्चने गर्छ जसका कारण मुटुले आबश्यक अक्सीजन पाउन सक्दैन र काम गर्न छोड्छ त्यसकारण धेरै जसोको सुतैकै अबस्थामा निधनहुन्छ भन्ने उहांहरुको निस्कर्ष थियो ।

कतारमा मृत्यूदर कमगर्नका लागी डा. नकर्मी र डा.शाक्यले नेपाली समुदायलाई मुटु, ब्ल्डप्रेशर, सुगर लगायतका रोगहरुको नियमित स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन, खानपानमा बिशेष ध्यान पुर्याउन तथा नेपालबाट आउंदानै बिशेष गरि मुटुको परिक्षण उपचार गरेर आउन पनि आग्रह गरेका छन ।

त्यसैगरी गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय समितीका उपाध्यक्ष टिबी कार्कीले एनआरएन मार्फत स्वास्थ्य संम्बन्धि जनचेतना र प्रचार प्रसारमा जोड दिने बताउंदै कामदार परिचालन गर्ने ब्यबसायीहरुलाई नेपाली कामदार सामान्य बिरामी पर्दा हस्पिटलको बिरामी बिदाको पत्र नकुरी आराम गर्ने अबसर प्रदान गर्न आग्रह गरे ।

नेपाली दुतावासका श्रमसहचारी इन्द्रदेब पाण्डेले जनचेतना मुलक कार्यक्रम आयोजना गरेकोमा प्रवासी नेपाली समन्वय समितीलाई धन्यबाद ज्ञापन गर्दै हृदयघातबाट हुने मृत्यूका बारेमा सबै सचेत हुनु पर्ने बताए । कतारमा नेपाली कामदारको मृत्यूदर घटाृउन सबैले आ आफ्नो ठाउंबाट सहयोग गर्न आग्रह गर्दै पाण्डेले नेपाली डाक्टरहरु संग सल्लाह गरी पर्चा पम्प्लेट तथा श्रब्यदृस्य समाग्राी तयार गरी प्रचार प्रसार गर्ने बताए । 

बिभिन्न संघसंस्थाका प्रतिनिधी सहित ८ दर्जन भन्दा बढी नेपाली सहभागी जनचेतना कार्यक्रम प्रवासी नेपाली समन्वय समिती कतारका प्रतिनिधी अभिमान सिह लामाको सभापतित्वमा संम्पन्न भएको थियो भने  निराजन भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

कतारमा मृत्यूदर कमगर्नका लागी डा. नकर्मी र डा.शाक्यले नेपाली समुदायलाई मुटु, ब्ल्डप्रेशर, सुगर लगायतका रोगहरुको नियमित स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन, खानपानमा बिशेष ध्यान पुर्याउन तथा नेपालबाट आउंदानै बिशेष गरि मुटुको परिक्षण उपचार गरेर आउन पनि आग्रह गरेका छन । 
त्यसैगरी गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय समितीका उपाध्यक्ष टिबी कार्कीले एनआरएन मार्फत स्वास्थ्य संम्बन्धि जनचेतना र प्रचार प्रसारमा जोड दिने बताउंदै कामदार परिचालन गर्ने ब्यबसायीहरुलाई नेपाली कामदार सामान्य बिरामी पर्दा हस्पिटलको बिरामी बिदाको पत्र नकुरी आराम गर्ने अबसर प्रदान गर्न आग्रह गरे ।

Help Needy Children

Save Bhusal Campaign

Location Map


View Larger Map
See All       Previous         Next