+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

५ नेपाली मजदुरको शव भारतमै रोकियो

नयाँ दिल्ली, पुस ३० - दक्षिण गोवाको क्यानकोन समुद्री तटछेउ निर्माणधिन भवन भत्किएर निधन भएका ५ नेपाली श्रमिकको शव मंगलबार पनि नेपाल जान सकेन ।

मृतकका आफन्त एवं गाउाले गुरुप्रसाद खड्का एक्लैका जिम्मा लगाएर ५ वटा शव पठाउन नसकिने भन्दै एयर इन्डिया सेवा एवं गोवा एयरपोर्टले नियम देखाएपछि मंगलबार बिहान काठमाडौं पठाउन लागिएका शव गोवाको मठगाउा अस्पतालमैं थन्किएका छन् । गत पुस २० गते शनिबार अपरान्ह भवन भत्कादा भवनभित्र सुतिरहेका दाङ घर भएका ५ चौकिदार नेपालीको निधन भएको थियो । मृतकहरु दाङ, गोल्टाकुरी-८ का ३३ बषिर्य ताराबहादुर खड्का, गोल्टाकुरी-७ का ४४ बषिर्य दीपक वली, फूलबारी-३ का २८ बषिर्य डम्बर नेपाली र गोल्टाकुरी-६ का २२ बषिर्य सिताराम बिक तथा २६ बषिर्य दीपक बिक रहेका छन् ।

'एकै व्यक्तिको जिम्मा लगाएर ५ शव पठाइन लागेको बारे काठमाडौं एयरपोर्टले क्लियरेन्स पत्र पठाएपछि मात्रै बुधबार शव नेपाल जानेछ,'गोवास्थित एयर इन्डियाका प्रतिनिधि अरविन्द खुट्करले भने । यस्तो 'क्लियरेन्स पत्र आवश्यक रहेको' भन्दै सोमबार राती ९ बजे जानकारी गराएपछि शव नेपाल फिर्ता गराउने सबै तयारी पुरा भएर पनि प्रकृया रोकिएको हो ।

११ दिन अघिको घटनापछि भवन निर्माण कम्पनी र ठेकेदारसमेत भागेकाले शव फिर्ता लैजान कठीनाइ उब्जिएको थियो । दिल्लीस्थित नेपाली दुतावासले विदेश मन्त्रालयमार्फत आवश्यक सहयोग-समन्वयका लागि आग्रह गरेपछि गोवा राज्य सरकारले गोवाबाट दिल्ली हुादै काठमाडौंसम्म शव लगिदिने प्रबन्ध गरेको हो । मृतक ताराबहादुरका भाइ गुरुप्रसाद खड्काका अनुसार आफन्तजनको निधन भएको १० दिन भएपनि गाउामैं लगेर अन्तिम संस्कार गर्ने निधो भएकाले सबै प्रकृया टुङग्याउन यतिदिन पर्खनुपरेको हो । उनका अनुसार गोवा राज्य सरकारले मृतकका नाममा क्षतीपुर्ती दिने भनेपनि यसको प्रकृया टुङ्गो लागेको छैन ।

भवन भत्कादा १९ श्रमिकको निधन भएको घटनापछि गोवाका मुख्यमन्त्री मनोहर परिकारले बारम्बार घटनास्थल पुगेर मृतकका आफन्तलाई सहयोग-सद्भाव देखाउादै आएका थिए । दिल्लीस्थित दुतावासले सोमबार परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड तथा बैदेशिक रोजगार बिभागलाई पत्र लेख्दै नेपाली श्रमिकहरुको शव दाङ घरसम्म पुर्याउने आवश्यक व्यवस्थाका लागि शव-बाहन उपलब्ध गराइदिन दोस्रोपटक आग्रह गरेको छ ।

 

Source: //ekantipur.com/np/