NST 12:18:01pm Thu, Aug, 24, 2017

मलेसिया जाने कामदारको न्यूनतम तलब ९ सय रिंगिट हुनुपर्ने

मलेसिया जाने कामदारको न्यूनतम मासिक तलब बुधबारदेखि ९ सय रिंगिट (२७ हजार रुपैयाँ) नभए वैदेशिक रोजगार विभागले श्रम स्वीकृत नदिने निर्णय गरेको छ । यसअघि ६ महिनाको परीक्षण अवधि भनेर ६ सय ५० रिंगिटसम्मका लागि श्रम स्वीकृति दिने गरिएको थियो ।

जनवरी १ देखि लागू हुने गरी पूर्वश्रम स्वीकृति लिन रोजगारदाता कम्पनीले नयाँ तलबमान खुलाउनुपर्ने छ । विभागले गत साता वैदेशिक रोजगार व्यवसायीसँग छलफल गरी नयाँ तलबमानअनुसार पूर्वस्वीकृति दिन सुरु गरेको जनाएको छ ।

विभागले दुई साताका लागि मलेसियाबाट प्रामाणिक कागजातको प्रतिलिपि पेस गरे पनि पूर्वस्वीकृति दिने र १५ जनवरीदेखि सक्कल कागजात पेस गर्नुपर्ने जनाएको छ । मलेसियामा गत आर्थिक वर्षमा डेढ लाख कामदार गएका थिए ।

Help Needy Children

Save Bhusal Campaign

Location Map


View Larger Map
See All       Previous         Next