NST 08:39:40am Sat, Oct, 21, 2017

मलेसियामा ज्यान गुमाउने नेपाली कामदारको संख्या उच्च-

बैदेशिक रोजगार विभागका अनुसार हाल मलेसियामा ९ लाख ५० हजार नेपाली कामदार छन् । बैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा करिव २ सय कामदारको मलेसियामै मृत्यु भएको छ । 

सरकारले बैदेशिक रोजगारीमा जानुपूर्व कामदारलाई अनिवायरुपमा अभिमूखिकरण तालिम दिँदै आए पनि उक्त अभिमूखिकरण तालिम प्रभावकारी हुन नसक्दा नेपाली कामदारको मृत्युदरमा भारी बृद्धी भएको हो । दिनभर उच्च तापक्रममा काम गरेर मादक पद्धार्थ सेवन गरी एयर कन्डिसन (एसी) चलाएर सुत्ने गरेका कारण सुतिरहेकै अवस्थामा र हृदयघात भएर मर्नेहरुको संख्या निकै उच्च छ । त्यसैगरी ट्राफिक नियम नजान्दा सडक दुर्घटनामा परी मर्नेहरुको संख्या पनि उल्लेख्य छ । अहिले मलेसियामा औषत दैनिक एक जना नेपाली कामदारको निधन हुने गरेको छ । बोर्डको तथ्यांक अनुसार सुतिरहेको अवस्थामा ज्यान गुमाउनेहरुको संख्या सबैभन्दा बढी छ । पछिल्ला पाँच वर्षमा बैदेशिक रोजगारीमा रहेका ५ सय १९ जना कामदारहरु सुतिरहेको अवस्थामा मृत भेटिएका छन् ।

सुतिरहेको अवस्थामा मृत्यु हुनुको मुख्य कारण मदिरा सेवन गरी गर्मी छल्न एयर कन्डिसन (एसी) चलाएर सुत्ने गरेका कारण धेरै कामदारहरुको मृत्यु हुनसक्ने विज्ञहरुले बताउँदै आएका छन् । त्यसैगरी ५ सय १० जना कामदारले प्राकृतिक कारणले ज्यान गुमाएका छन् भने ट्राफिक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ सय ७१ छ । २ सय ६८ जनाले आत्महत्या गरेका छन् भने १ सय ४६ जना हृदयघातबाट ज्यान गुमाएका छन् । कार्यस्थलमा दुर्घटनामा परि मर्नेको संख्या १ सय ८६ छ भने अन्य व्यक्तिबाट मारिनेको संख्या ४६ रहेको छ ।

 

(Source Online Khabar)